| मङ्लबार, कार्तिक २४, २०८३

मानुषि लघुवित्तका महिला सदस्यहरुलाई बाख्रापालन तालिम

मानुषि लघुवित्त वित्तीय संस्था शाखा कार्यालय धादिङले आफ्ना महिला सदस्यहरुलाई एक दिने व्यवसायिक बाख्रा पालन तालिम दिएको छ ।

उद्यमशीलता बिकास तालिम अन्तरगत बाख्रापालनसँगै वित्तीय साक्षरता तालिम दिएको हो ।

ज्वालामुखी गाउँपालिकामा संचालित तालिममा भेटेरीनरी प्राविधिक बिष्णु भट्ट, संस्थाका शाखा प्रमुख अन्जन भट्ट लगायतले सहजिरकण गरेका थिए । तालिममा बाख्रापालनको क्रममा आइपर्ने समस्या र समाधानका उपायबारे जानकारी गराइएको थियो ।

तालिममा संस्थाका ३० जनाभन्दा बढी महिला सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्