| मङ्लबार, कार्तिक २४, २०८३

गोरखनाथ गुफामा सवालाख रोट महोत्सव सुरु

प्रतीक्षा आले : वैशाख पुर्णिमा अथवा गोरखनाथ प्रकट दिवसको अवसर पारेर सोमबारदेखि गोरखनाथ मन्दिरमा रोट महोत्सव सुरु भएको छ । सिद्धाश्रम शक्ति केन्द्रले गोरखा दरबारसंगै रहेको गोरखनाथ गुफामा रोट महोत्सवको आयोजना गरेको हो ।
केन्द्रका प्रमुख साधक रामजी अर्यालका अनुसार हरेकवर्ष वैशाख पुर्णिमाका दिनदेखि ११ दिनसम्म महोत्सव आयोजना हुने गर्दछ ।

रोट महोत्सवको यो २२ औं श्रृङ्खला हो ।

महोत्सवको पहिलो दिन सोमबार बिहान नौबजे गोरखाबसपार्कस्थित केन्द्रको कार्यालयबाट प्रभातफेरी तथा रथयात्राको आयोजना गरिएको थियो । बाजागाजासहित निस्किएको ¥यालीमा विभिन्न टोल विकास संस्था, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, घडासहितका १०८ कन्याहरु, जनप्रतिनिधि, नाथ संप्रदायका योगी तथा विभिन्न जिल्लाबाट आएका भक्तजनहरु सहभागी थिए । बिपीचोक, पँदेली, ठूलो आँगन, सतिपिपल, रामशाह चौतारा, गणेशथान हुँदै ¥याली गोरखनाथ गुफासम्म रथयात्रा गरिएकोछ ।

महोत्सव जेठ ८ गतेसम्म चल्ने छ । यो अवधिमा एकलाख २५ हजार भन्दा धेरै रोट गोरखनाथलाई अर्पण गरिन्छ । गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने प्रसादका रुपमा रोटलाई लिइन्छ । रोट चढाएर गोरखनाथलाई खुशी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ । साथै नियमित पूजा, साधना, बिशेष हवन, भजनकीर्तन लगायतका गतिविधि हुने केन्द्रका अध्यक्ष रामजी अर्यालले बताए ।

गहुँ, जौ तथा चामलको पिठोमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल जस्ता किसमिसबिभिन्न ५२ थरीका शक्तिबद्र्धका मसला मिसाएर रोट बनाइन्छ । रोटमा मिसाईन्छ । गोरखनाथका पुजारी नाथहरु शुद्ध भई घ्यूमा रोट बनाउने गर्छन् ।

यो वर्ष ४० देखि ५० हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने र ३० लाख भन्दा बढि खर्च हुने अनुमान आयोजकको छ । रोट महोत्सवले जिल्लाको धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउने केन्द्रको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्