| मङ्लबार, कार्तिक २४, २०८३

सरकारसँग प्रेस सेन्टरको १० बुँदे माग

प्रेस सेन्टर नेपालले १० बुँदे माग राखी १० बुँदे ज्ञापनपत्र बुझाएको छ । सेन्टरको गोरखा शाखाले सहायक प्रमुख जिल्ला अधिकारीमार्फत सो मागपत्र सरकारसमक्ष पेश गरेको हो ।पत्रकारको हत्या, पत्रकारमाथि भौतिक आक्रमण, सञ्चार गृहमाथि आक्रमण, पत्रकारको पेसागत असुरक्षाका घटनाले प्रेस स्वतन्त्रताको अधिकार संकुचित भइरहेको ज्ञापनपत्रमा उल्लेख छ ।

आइतबार सेन्टरका शाखा अध्यक्ष राजेश पौडेलद्वारा सहायक प्रजिअ चित्राङ्गगत बराललाई बुझाइएको ज्ञापनपत्रमा पत्रकारको हत्यारालाई कारबाही गर्नुपर्ने, सञ्चारसँग सम्बन्धित कानुनहरु प्रेसमैत्री हुनुपर्ने, पत्रकारको पेसागत तथा भौतिक सुरक्षा हुनुपर्ने, आस्थाका आधारमा सरकारी सञ्चार संस्थाबाट पत्रकार हटाउन नहुने, सहिद र बेपत्ता पत्रकारको नाममा कोष स्थापना हुनुपर्ने, घाइते पत्रकारहरुको निःशुल्क उपचार हुनुपर्ने, सरकारी अस्पतालमा पत्रकारको उपचार गर्दा ५० प्रतिशत छुट हुनुपर्ने जस्ता मागहरु रहेको छ ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी बरालले सरकार पूर्ण प्रेस स्वतन्त्रताको संविधान प्रदत्त अधिकारप्रति पूर्ण प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्