| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ

गोरखा चेम्बर अफ कमर्सको अध्यक्षमा रामस्वरुप श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न पाँचौ वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा शिशुबाबु प्रधान, उपाध्यक्षहरुमा विष्णुबहादुर राना मगर र सुमेन्द्र श्रेष्ठ, वरिष्ठ महासचिवमा अशोकबाबु राना, कोषाध्यक्षमा विशाल बाबु राना, सचिवमा ज्ञानु अधिकारी र सह–कोषाध्यक्षमा अञ्जनबाबु खत्री सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा बिनोद अर्याल, सिता श्रेष्ठ, गणेशबाबु श्रेष्ठ, सुर्यमाया श्रेष्ठ, नोखबहादुर बोगटी, सुजन गर्ताैला, अरबिन्द्र कुमार गुप्ता, ज्ञानेन्द्र श्रेष्ठ, भाईकाजी आले, कृष्ण ढकाल, रमेश थापा, सुरेन्द्र बस्नेत, गोकर्णबहादुर राना मगर, सुस्मिता घले, कृष्णप्रसाद लामिछाने र ज्ञानहरी अर्याल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्