| मङ्लबार, कार्तिक २४, २०८३

खोप्लाङमा चितुवा मृत भेटियो

गोरखाको पालुङटार नगरपालिका वडा नम्वर १ खोप्लाङमा मृत अवस्थामा चितुवा फेला परेको छ । करिव एक बर्षको पोथी चितुवा बिहिवार ठुलो पँधेँरा सामुदायिक वनमा मृत भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।

उनका अनुसार सामुदायिक वनको छेउमा मृत अवस्थामा चितुवालाई देखेपछि स्थानीयहरुले कार्यालयमा खबर गरेका थिए । मृत चितुवालाई पोस्टमार्टमका लागि डिभिजन वन कार्यालय, गोरखामा ल्याइएको डिएफओ शाण्डिल्यले जानकारी दिए ।

चितुवाको शरीरमा केही चोटहरु देखिएको भएपनि आफै लडेर मरेको हुन सक्ने अनुमान कार्यालयको छ । उक्त चितुवा ११४ सेन्टिमिटर लामो र ४५ सेन्टिमिटर उचाइको रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्