| मङ्लबार, कार्तिक २४, २०८३

शहिद लखन र आरुघाट पूर्ण खोप पालिका घोषणा

शहिद लखन र आरुघाट गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता गरिएको छ । सोमवार छुट्टाछुट्टै कार्यक्रम गरेर दुई पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।

१६ देखि २३ महिनाभित्रका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप लाए नलाएको र १५ महिनामुनिका बालबालिकाले नियमित खोप लाए नलाएको सर्वेक्षण गरी पालिकालाई पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता गरिएको शहिद लखन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए ।

‘हाम्रो पालिकामा १५ महिनामुनिका २ सय ७४ जना बालबालिका छन् भने १५ देखि २३ महिनाभित्रका २ सय ४७ जना बालबालिका छन्,’ उनले भने, ‘ती सबैले लगाउनुपर्ने खोप लाए नलाएको र नियमित भए नभएको भनी घरधुरी सर्वेक्षण गर्दा सबैले खोप लाएको पाइयो अनि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।’

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहन थापा, गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम थापा मगर, जनप्रतिनिधि, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानी, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

त्यस्तै आरुघाटमा पनि खोप लगाउनुपर्ने सबै उमेर समूहका बालबालिकाले नियमित खोप लगाएको पाइएपछि पूर्ण खोप पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताए । उनका अनुसार पालिकामा १५ महिनामुनिका २ सय २८ जना बालबालिका र १५ देखि २३ महिनाभित्रका ७ सय २४ जना बालबालिका छन् ।

उनीहरु सबैले पाउनुपर्ने सबै खोप पाएको र नियमित खोप समेत लगाएको सर्वेक्षणको क्रममा एकिन गरेपछि पालिकालाई पूर्ण खोप घोषणा गरिएको थापाले जानकारी दिए । ‘सर्वेक्षणको क्रममा चार जना बालबालिकाहरु खोेपबाट छुट भएको पाइयो, उनीहरुलाई खोप लगाएपछि पालिकालाई पूर्ण खोप पालिका घोषणा गरेका हौ,’ उनले भने ।

xशहिद लखन र आरुघाट गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता गरिएको छ । सोमवार छुट्टाछुट्टै कार्यक्रम गरेर दुई पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।
१६ देखि २३ महिनाभित्रका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप लाए नलाएको र १५ महिनामुनिका बालबालिकाले नियमित खोप लाए नलाएको सर्वेक्षण गरी पालिकालाई पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता गरिएको शहिद लखन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए । ‘हाम्रो पालिकामा १५ महिनामुनिका २ सय ७४ जना बालबालिका छन् भने १५ देखि २३ महिनाभित्रका २ सय ४७ जना बालबालिका छन्,’ उनले भने, ‘ती सबैले लगाउनुपर्ने खोप लाए नलाएको र नियमित भए नभएको भनी घरधुरी सर्वेक्षण गर्दा सबैले खोप लाएको पाइयो अनि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।’ कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहन थापा, गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम थापा मगर, जनप्रतिनिधि, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानी, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।
त्यस्तै आरुघाटमा पनि खोप लगाउनुपर्ने सबै उमेर समूहका बालबालिकाले नियमित खोप लगाएको पाइएपछि पूर्ण खोप पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताए । उनका अनुसार पालिकामा १५ महिनामुनिका २ सय २८ जना बालबालिका र १५ देखि २३ महिनाभित्रका ७ सय २४ जना बालबालिका छन् । उनीहरु सबैले पाउनुपर्ने सबै खोप पाएको र नियमित खोप समेत लगाएको सर्वेक्षणको क्रममा एकिन गरेपछि पालिकालाई पूर्ण खोप घोषणा गरिएको थापाले जानकारी दिए । ‘सर्वेक्षणको क्रममा चार जना बालबालिकाहरु खोेपबाट छुट भएको पाइयो, उनीहरुलाई खोप लगाएपछि पालिकालाई पूर्ण खोप पालिका घोषणा गरेका हौ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्