| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा समाज अस्ट्रेलियाको नयाँ कार्यसमितिको अध्यक्षमा योगेन्द्रराज जोशी चयन

गोरखा समाज अस्ट्रेलियाको नयाँ कार्यसमितिको अध्यक्षमा योगेन्द्रराज जोशी चयन भएका छन् । हालै सम्पन्न छैठौ साधारणसभाले जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

राजधानी सिड्नीमा शनिबार सम्पन्न भएको समाजको साधारण सभाले उपाध्यक्षमा ईश्वरबाबु दाहाल, महासचिबमा राजु पोखरेल, सचिबमा कृष्ण भट्ट, कोषाध्यक्षमा सुजन श्रेष्ठ, प्रबक्तामा रीतु श्रेष्ठ तथा पब्लिक अफिसरमा सन्जिव अमगाइलाई निर्विरोध चयन गरेको छ । कार्यसमितीका अन्य सदस्यहरुमा युवा संयोजकमा अन्जन श्रेष्ठ, महिला संयोजकमा सुमित्रा मग्राती तथा कार्यसमिति सदस्यहरुमा दिनेश श्रेष्ठ, प्रेम खड्का, रेखा भट्ट, सबिता डल्लाकोटी, उद्धब पोखरेल, रेश्मा ढकाल, विनय पन्त र विजयजंग थापालाई चयन गरेको निर्वाचन समितिका संयोजक डिल्ली ढकालले जानकारी गराए ।

नयाँ समितिले अष्ट्रेलियामा नेपालीहरुले गर्ने सार्वजनिक क्रियाकलापलाई मुलुकसँंग जोडने अभियानलाई थप मजबुत बनाउने प्रतिबद्धता जाहेर गरेको छ । मानव सेवा आश्रम, भुकम्प पीडित राहत, रक्तदान,, आपसी भाइचारा र सम्वन्ध सुदृढिकरणका लागि पदयात्रा, विद्यार्थीहरुलाई शिपमुलक अभियान लगायत कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको गोरखा समाज अस्ट्रेलियाले आगामि दिनमा थप सामाजिक कार्यक्रमहरु अगाडि बढाउने नव नियुक्त अध्यक्ष योगेन्द्रराज जोशीले प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा एनआरएन आइसीसीका सचिब ज्ञानेन्द्र रेग्मीले अस्ट्रेलियामा रहेका सामाजिक संघ संस्थामा क्रियाशिल रहेको गोर्खा समाजले आगामि दिनमा थप समाजिक कार्यमा हात बढाउने कुरामा आफु आशाबादी रहेको बताए ।
यस्तै कार्यक्रममा अस्ट्रेलियाका नेपाली समुदायका अगुवा बिष्णु हमाल, मेघराज पौडेल नन्द गुरुङ, मुक्तिराम पोखरेल लगायतले गोर्खा समाजको नया नेतृत्वको सफलताको शुभकामना प्रदान गरेका थिए ।

साधारणसभामा बिगतको कार्यकालको सफलताका बारेमा बोल्दै निर्वतमान अध्यक्ष आनन्द श्रेष्ठले गोर्खालीहरुलाई एकताको सुत्रमा बाध्ने र सामाजिक कार्यमा समाजले महत्वपुर्ण योगदान दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्