
प्रथम शेर बहादुर देउवा कप राष्ट्रिय कराँते प्रतियोगितामा गोरखालाई चार कास्य पदक
प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराँते प्रतियोगितामा गोरखाले चार कास्य पदक जितेको छ । यही वैशाख ११ देखि १३ गतेसम्म काठमाडौँ सातदोबाटोमा भएको प्रतियोगितामा गोरखाका खेलाडीहरुले गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै उक्त पदक जितेको हो ।
प्रतियोगितामा जिल्लाबाट बमिन गुरुङ, बिशाल थापा मगर, प्रबिना गुरुङ र स्मृति गुरुङले सहभागिता जनाएका थिए । जिल्ला स्तरबाट छनौट भएर प्रदेश स्तर हुँदै उनीहरु राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका हुन् । जसमा फाइटतर्फ ५० केजी तौलमा बमिन गुरुङले कास्य पदक जितेका छन् ।
यस्तै, फाइटतर्फ ८४ केजी तौलमा विशाल थापा मगरले कास्य पदक, फाइटतर्फ ६१ केजी तौलमा प्रबिना गुरुङले कास्य पदकर ओभर ६४ केजीको फाइटमा स्मृति गुरुङले कास्य पदक हात पारेको प्रतियोगिताको गण्डकी प्रदेश प्रशिक्षक बुद्ध लामाले बताए । प्रतियोगितामा नेपाल प्रहरी टिम, सशस्त्र प्रहरी टिम, नेपाली सेनाको टोली र सात प्रदेश बीच प्रतिस्पर्धा भएको थियो ।




