| मङ्लबार, जेष्ठ ७, २०८२

विभिन्न आठ पालिकाहरुमा वाईसिएलको नयाँ नेतृत्व

माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) गोरखाले विभिन्न आठ पालिकाहरुमा नयाँ नेतृत्व चयन गरेको छ । वाइसिएलले बुधबार भिमसेन थापा गाउँपालिकामा र गोरखा नगरपालिकामा नयाँ नेतृत्व चयन गरेको छ । वाईसिएलको राष्ट्रिय सम्मेलन अन्तरगत बुधबार भएको सम्मेलनले गोरखा नगरपालिकामा सुवास तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

यस्तै नविन लामिछानेको नेतृत्वमा भिमसेन थापा गाउँपालिकामा नयाँ कार्यसमिति गठन गरिएको वाईसिएलका जिल्ला अध्यक्ष सागर श्रेष्ठले बताए । यसअघि गण्डकी गाउँपालिकामा एकबहादुर गुरुङ, सहिद लखन गाउँपालिकामा सञ्जय राना र धार्चे गाउँपालिकामा छवि गुरुङको नेतृत्वमा कमिटि गठन गरिएको उनले जानकारी दिए ।

बारपाक सुलिकोट गाउँपालिकामा यम गुरुङ, सिरानचोक गाउँपालिकामा रोशन बि.क र अजिरकोट गाउँपालिका वाईसिएलको अध्यक्षमा रामशरण अधिकारी चयन भएका छन् । बाँकी रहेको पालुङटार नगरपालिकामा आगामि बैशाख १३ गते गर्ने तयारी रहेको वाईसिएल जिल्ला अध्यक्ष श्रेष्ठले बताए ।

आरुघाट गाउँपालिकामा बैशाख १८ गते सम्मेलन गर्ने टुङ्गो लागेको उनले बताए । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा पनि बैशाख २० गते भित्रै सम्मेलन सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्