| मङ्लबार, जेष्ठ ७, २०८२

कम्युनिष्ट दिवसको अवसरमा विद्यार्थी तथा जेष्ठ नागरिक सम्मानित

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले गण्डकी गाउँपालिका कमिटिले विद्यार्थी तथा जेष्ठ नागरिक सम्मान गरेको छ । कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसर पारेर एसईई २०८० तथा जेष्ठ कम्युनिष्ट योद्धाहरुलाई सम्मान गरिएको हो ।

गाउँपािलकाभित्र ८ वटा वडा रहेका छन् । प्रत्येक वडाका एकजना छात्र र एक जना छात्रा उत्कृष्टलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा वडा नं. १ स्थित विजय भवानी माविका प्रज्ञान अधिकारी र अनुपमा राना, वडा नं. २ को ताङ्लीचोक माविका प्रविण थापा र आयुशा थापा, ३ को भैरवाश्रम माविका समिर बराम र अनुपा श्रेष्ठ सम्मानित भएको एमाले गाउँपालिका कमिटि अध्यक्ष भिमलाल श्रेष्ठले बताए ।

यस्तै वडा नं. ४ स्थित दिर्गोश्वर माविका अन्जित श्रेष्ठ र निशा श्रेष्ठ, वडा नं. ५ को रत्नेश्वर माविका युसुफ मियाँ र रज्वी राउत र भद्रकाली माविका सुमन थापा सम्मानित भएका हुन् । यसैगरी तोमनडाँडा माविका संगिता चेपाङ, ज्ञानमार्ग माविका ईश्वर श्रेष्ठ र करुणा पाण्डे तथा सूर्योदय माविका रमित खुलाल र एसिका श्रेष्ठलाई सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताए । यता प्रत्येक वडाका एक÷एक जना जेष्ठ कम्युनिष्ट योद्धाहरुलाई पनि सम्मान गरिएको उनले बताए ।

सम्मानित हुनेमा वडा नं. १ का अमर बहादुर राना, २ का तुल बहादुर राना, ३ का प्रिय प्रसाद पन्त, ४ का रुद्र बहादुर अर्याल, ५ की नरमाया श्रेष्ठ, ६ की डिलमाया गुरुङ, ७ का नोद प्रसाद रेग्मी र ८ का डण्डलाल श्रेष्ठ रहेका छन् । साथै लोपून्मुख जातीबाट सन्तमाया माझी र अन्य विधामा यासिन मोहम्द मियाँ सम्मानित भएका हुन् । सोही अवसरमा कमिटिले क्यालेन्डर समेत विमोचन गरेका छन् ।

नेकपा एमाले गण्डकी गाउँपालिका कमिटिका अध्यक्ष भिमलाल श्रेष्ठको अध्यक्षता तथा एमाले केन्द्रिय सदस्य एंव गोरखा जिल्ला संघिय निर्वाचन क्षेत्र नं. १ ईन्चार्ज सम्झना देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पािलका ईन्चार्ज गोपाल पाण्डे, प्रदेश कमिटि सदस्य एवं भिमसेन थापा गाउँपालिका ईन्चाज शैलेश लामिछाने नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष मेनबहादुर अधिकारी र जिल्ला कमिटि सल्लाहकार सदस्य हिमलाल दवाडीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्