
स्वर्णकार महिला समूह गोरखाको अध्यक्षमा मन्जु घताने
गोरखा स्वर्णकार महिला समूहको अध्यक्षमा मन्जु घताने चयन भएकी छन् । शनिबार सम्पन्न १० औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले घतानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समूहको प्रथम उपाध्यक्षमा निर्मला विश्वकर्मा, द्वितीय उपाध्यक्ष देवी घिमिरे, सचिवमा अन्जना सुनार र कोषाध्यक्षमा शोभा भट्ट चयन भएका छन् । यस्तै सदस्यहरुमा रुबिना थापा, कमला बि.क, शोभा बि.क, कृष्णमाया बि.क चयन भएका हुन् ।
जुना विश्वकर्माको अध्यक्षता तथा नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशका कृष्णबहादुर बिकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा सुनचाँदी व्यवसायी संघका अध्यक्ष रुबिन वराइली, संघका निवर्तमान अध्यक्ष टेकबहादुर बिक, स्वर्णकार महिला समूहकी संस्थापक अध्यक्ष रेखा घताने, समितिकी जेष्ठ सदस्य जमुना रसाईलीलगायतको उपस्थिति रहेको थियो ।