
चनौटे–भच्चेक सडक कालोपत्रेको ठेक्का प्रक्रिया सुरु
अजिरकोट गाउँपालिकाको ‘चनौटे–भच्चेक सडक’ कालोपत्रेको ठेक्का प्रक्रिया सुरु भएको छ । सडक कालोपत्रेका लागि हाल ठेक्का आह्वान गरिएको अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले बताए ।
कालोपत्रे हुन लागेको चनौटेदेखि भच्चेकसम्मको १४ किलोमिटर सडक ४.२५ मिटर फराकिलो रहने उनले बताए । गण्डकी प्रदेशबाट आएको सो कार्यक्रम पूर्वधार विकास कार्यालयले कार्यान्वयन गर्न लागेको उनले जानकारी दिए । पूर्वधार विकास कार्यालयका प्रमुख गणेश सुवेदीका अनुसार सो सडक कालोपत्रेका लागि ७९ करोड लागत स्टमेट तयार भएको छ ।
‘हाल ठेक्का माग गरिएको छ । १५ दिनभित्र निर्माण कम्पनी फाइनल गरेर सम्झौता गर्ने तयारी छ’, उनले भने, ‘ठेक्का सम्झौँता भए लगत्तै काम सुरु हुन्छ ।’ ठेक्का सम्झौँता भएको २४ महिनाभित्र काम सक्नुपर्ने गरी सम्झौँता हुन लागेको उनले बताएका छन् । यो सडक कालोपत्रे भएपछि भच्चेक बजार पुग्ने कालोपत्रे सडकको संख्या वटा भएको छ । यसअघि छोप्राक, चित्रेपोखरी हुदै जाने सडक पनि कालोपत्रे भएको छ ।