
प्रशासनिक प्रशिक्षार्थीहरु देश दर्शन अध्ययनका लागि गोरखामा
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थीहरु देश दर्शन अध्ययनको क्रममा गोरखा पनि भ्रमण गरेका छन् । प्रतिष्ठानको ३९ औँ आधारभुत प्रशासन प्रशिक्षण अन्तरगत रहेको देश दर्शन भ्रमण कार्यक्रमका लागि उनीहरु जिल्ला आएका हुन् ।
प्रशासनिक प्रशिक्षार्थीहरु देश दर्शन अध्ययनका लागि गोरखामा सरकारको नव नियुक्त राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतहरु जिल्लाको भूगोल, समाज, संस्कृति एवं ऐतिहसिक पक्षहरूको प्रत्यक्ष अनुभूति गर्न आईपुगेको भ्रमणकी संयोजक लक्ष्मी श्रेष्ठले बताइन् । प्रतिष्ठानका अधिकृतहरुको समूह मध्ये ‘कोशी समूह’अन्तरगतका २७ जना अधिकृतहरु गोरखा आईपुगेकोनले जानकारी दिइन् ।
अधिकृतको समूहले जिल्लाको बारपाक सुलिकोट गाउँपालिका, गोरखा दरबार र गोरखा संग्राहलयको अध्ययन भ्रमण अवलोकन गरेका छन् । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र जिल्ला प्रहरी कार्यालय गोरखाकाप्रमुख एसपी बासुदेव पाठकले पनि सहजीकरण गरेका थिए ।




