| मङ्लबार, कार्तिक २४, २०८३

शिक्षकको आन्दोलनप्रति गोरखाका स्थानीय तहहरुको एक्यवद्धता

शिक्षा बिधेयकको माग गर्दै काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलनप्रति गोरखाका स्थानीय तहहरुले एक्यवद्धता जनाएका छन् । सोमवार जिल्लाका एघार वटै स्थानीय तहका अध्यक्षहरुले संयुक्त रुपमा प्रेस बिज्ञप्ती जारी गर्दै शिक्षकहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

संसदमा दर्ता भएको शिक्षा बिधेयकलाई नजर अन्दाज गरी अकस्मात संसद अधिवेशन अन्त्य गर्नु राज्यले शिक्षा क्षेत्रलाई नै अवमूल्यन र अवहेलना गरेको उनीहरुको ठहर छ । संविधान जारी भएको एक दशकमा पनि बिद्यालय शिक्षा ऐन जारी हुन नसक्नु अत्यन्तै दुखद र लाजमर्दाे पक्ष भएको उनीहरुले बताएका छन् ।

विद्यालय शिक्षा सम्बन्धी संवैधानिक प्रावधान र सरकारले गरेका सम्झौता एवं प्रतिवद्धता कार्यान्वयन गर्दै बिद्यालय शिक्षा ऐन जारी गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई बिद्यालय फर्कने वातावरण निर्माण गरिदिन उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्