
गोरखाका स्वास्थ्यकर्मीको टोलीद्वारा ट्रेकिङका क्रममा स्वास्थ्य शिविर
गोरखाबाट मनास्लु क्षेत्रमा ट्रेकिङ गर्न गएका स्वास्थ्यकर्मीको टोलीले विभिन्न ठाउँमा स्वास्थ्य शिविर समेत सञ्चालन गरेका छन् । विभिन्न रोगका विशेषज्ञ, मेडिकल अधिकृत तथा अन्य स्वास्थ्यकर्मीहरुले दुर्गम गाउँबस्तीहरुमा स्वास्थ्य शिविर गरेका हुन् । कतै बिरामी जाँच्ने तथा औषधी वितरण गर्ने गरेको र कतै स्वास्थ्य संस्थामा गई प्राविधिक परामर्श गरेको भ्रमण दलको नेतृत्व गरिरहेका पूर्व जनस्वास्थ्य अधिकृत कृष्ण ढकालले जानकारी दिए ।
‘जगत र सामागाउँमा बिरामी जाँच्ने र औषधी वितरण गर्ने शिविर सञ्चालन ग¥यौँ’, ढकालले भने, ‘डाक्टर गुणराज लोहनी, गोरखा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सिद्धार्थ खनाल, हाडजोर्नी रोग विशेषज्ञ डाक्टर शंकर सिग्देल, मेडिकल अधिकृत डाक्टर आमोर लोहनी, जनस्वास्थ्य निरिक्षकहरु हरिमानसिँह बस्नेत र बद्री गर्तौला अनि म आफै पनि विरामी जाँच्ने, औषधी वितरण गर्नेमा खटिएका थियौँ ।’ खोर्लाबेशी, फिलिम र नाम्रुङस्थित लार्केबजार स्वास्थ्यचौकीमाचाहिँ परामर्श तथा विविध प्राविधिक सहयोग गरेको उनले बताए ।




