| मङ्लबार, कार्तिक २४, २०८३

अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी अभिमुखिकरण

गोरखा नगरपालिका–२ कोखे आहालेका स्थानीयालाई लक्षित गरी शान्ति सुरक्षा अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा वडा कार्यालयको समन्वयमा मंगलवार कार्यक्रम भएको हो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सहजिकरण गरेका थिए । समाजमा हुने कुरिती, कुसंस्कार, कानूनले तोकेका अपराध, मानव वेचविखन, महिला तथा घरेलु हिंसा, वालविवाह, वहुविवाह, यौनजन्य हिंसा र यसका कानूनी प्रावधानको बारेमा सहिजकरण गरिएको सहायक प्रजिअ बरालले बताए ।

लागूऔषध दुव्र्यसनी बिरुद्ध सचेत समेत गराइएको उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, टोल बिकास संस्थाका प्रमुख एवं प्रतिनिधी, बिभिन्न संघसंस्थाका प्रतिनिधी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्