
एसईई दिन आएका एक बालकको बुढीगण्डकीमा डुवेर मृत्यु
एसईई परिक्षा दिन आएका एक बालकको बुढीगण्डकी नदीमा डुवेर मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–१ का १६ बर्षीय यूनिष गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एसईई परिक्षा दिन सोही गाउँपालिकाको वडा नम्वर ४ थुमी आएका उनी वुधवार साँझ बुढीगण्डकीमा पौडी खेल्न गएका थिए ।
‘साँझ करिव साढे ६ बजेतिर पौडी खेल्ने क्रममा बुढीगण्डकीले बगाएछ,’ प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘हामीलाई खवर आएपछि इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट हाम्रो टोलि खोजतलासमा खटियो ।’
खोजतलासको क्रममा बगाएको स्थानदेखि करिव एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




