
म्याद सकिन सात महिना बाँकी छँदै मोटरेबल पुल बन्यो
प्रतिक्षा आले ।
जिल्लाको पालुङ्टार नगरपालिका ९ ढुंगेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । १८ महिनाभित्र सम्पन्न गर्नेगरी गत बर्षको चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुन महिनामा निर्माण सम्पन्न गरेको हो ।
फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए । सो पुल निर्माणको काम गत वैशाख ५ गतेबाट आरम्भ भएको उनले जानकारी दिए । ‘बैशाख र जेठमा काम भयो । असारको आधाआधी पनि काम भयो ।
असार, साउन, भदौ, असोज चार महिना केही पनि काम हुन सकेन’, उनले भने, ‘कात्तिकपछि लगातार काम गरेर चार महिनामै पुल तयार भयो । अब केहीदिनभित्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।’ समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरुका लागि यो गतिलो पाठ भएको उनको भनाइ छ ।
१८ महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि करिब नौँ महिनाभित्रै काम सम्पन्न गर्नु ज्यादै खुशीको कुरा भएको उनको भनाइ छ ।
राम्रो काम गर्नेको प्रसंसा गर्नुपर्ने कार्यालयको भनाइ छ । ‘यहाँ त पाँचबर्षसम्म पनि पुल बन्न नसकेका, कति योजनाको सम्झौता खारेज गर्नुपरेका उदाहरणहरु छन्’, कार्यालय प्रमुख सुवेदी




