
गोरखा नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम
गोरखा नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम गरिने भएको छ । गोरखा नगरपालिका कार्यालयले सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम गर्न लागेको हो ।
कार्यालयले सार्वजनिक सूचना जारी गरी कुकुर बन्ध्याकरण गर्न लागिएको जानकारी दिएको छ । सूचना अनुसार यही फागुन २७ गतेदेखि एक महिनासम्म कुकुर बन्ध्याकरण हुँदैछ । बन्ध्याकरणका बेला कुकुरलाई खोप लगाउने कार्यक्रम पनि हुने भएको छ । कुकुर बन्ध्याकरण तथा खोप कार्यक्रम भेटेरीनरी अस्पताल तथा पशु स्वास्थ्य विज्ञकेन्द्रमा सञ्चालन हुने सूचनामा उल्लेख गरिएकाहे छ ।
त्यस्तै सोही अवसरमा रेबिज नियन्त्रणका लागि खोप कार्यक्रमह पनि गरिने भएको छ । साथै नगरपालिकाले आफ्ना पालिकाभित्रका विद्यालयहरुमा रेबिजविरुद्ध अभिमुखीकरण कार्यक्रम गर्ने पनि जनाएको छ । विद्यालय तहका विद्यार्थीहरुलाई रेबिजका बारेमा जानकारी गराउने र त्यसबाट बच्ने विधि सिकाइनेछ ।




