
गोरखाका आठ ठाउँमा जलविद्युतको सर्वेक्षण अनुमति
प्रतिक्षा आले ।
गोरखाका विभिन्न आठ ठाउँमा जलविद्युत उत्पादनका लागिकम्पनीहरुले सर्वेक्षण अनुमति लिएका छन् ।विद्युत विकास विभागले छ वटा नदी तथा खोलाहरुबाट विद्युत उत्पादन गर्न आठ वटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएको हो ।
कम्पनीहरुले धमाधम सर्वेक्षणको काम गरिरहेका छन् ।
बूढीगण्डकीमा विद्युत उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीलेअनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत आयोजना’ निर्माणका लागि चिलिमे हाइड्रोपावर कम्पनीलाई सर्वेक्षण लाइसेन्स दिइएको हो । आउँदो असारसम्ममा सर्वेक्षणको काम सम्पन्न गर्नेगरी विभागले सो कम्पनीलाई २०७९ सालमा अनुमति दिएको हो । सो आयोजनाकोअहिले धमाधम सर्वेक्षणको काम भइरहेको छ ।
चुन्चेत र सिर्दिबासमा २०३ मेगावाट क्षमताको ‘माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजना’ निर्माणका नबिल डेभ्लोपर्स प्रालिले अनुमति पाएको छ । आउँदो असोजभित्र सर्वेक्षणको काम सक्नेगरी कम्पनीले धमाधम काम गरिरहेको छ । मस्र्याङदीबाट ९० मेगावाटको जलविद्युत आयोजना निर्माणका लागि पेल्मा हाइड्रोपावर प्रोजेक्ट प्रालिले सर्वेक्षण अनुमति पाएको छ ।
कम्पनीले गोरखाको पालुङटार नगरपालिका र तनहुँको भानु नगरपालिकामा ‘मस्र्याङदी खोला जलविद्युत आयोजना’ निर्माणका लागि सर्वेक्षण गर्न लागेको हो । कम्पनीले आउँदो असोजभित्र सर्वेक्षणको काम सम्पन्न गर्ने जनाएको छ । एम.ए इनर्जी भेञ्चर्स प्रालिले पनि गोरखामा जलविद्युत सर्वेक्षण गर्नका लागि अनुमति पत्र प्राप्त गरेको छ ।
कम्पनीलेसहिदलखन गाउँपालिकास्थित देउराली, मनकामना र बक्राङको दरौँदीबाट १४.९ मेगावाटक्षमताको ‘दरौँदी÷मस्र्याङदी जलविद्युत आयोजना’ निर्माण गर्न लागेको हो । जसका लागि आउँदो असार मसान्तभित्र सर्वेक्षणको काम सक्नेगरी तीब्र रुपमा काम गरिरहेको छ ।
खानदह हाइड्रोपावर प्रालिले ‘सुपर दरौँदी खोला ई जलविद्युत आयोजना’ निर्माणका लागि सर्भेक्षण गर्न सुरु गरेको छ । बारपाकमा निर्माण हुन लागेको ९.४ मेगावाट क्षमताको सो आयोजनाको २०८३ साउनसम्ममासर्वेक्षण कार्य सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।
बारपाककै दोर्दी खोलामा ७मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि गोरखा दरौँदी हाइड्रो पावर प्रालिले अनुमति पत्र लिएको छ । कम्पनीले २०८३ असोजभित्र ‘सुपर दरौँदी–पाउखोला जलविद्युत आयोजना’ निर्माणका लागि सर्वेक्षण गरिरहेको छ ।
मेटा उर्जा प्रालिले धार्चे गाउँपालिका १ को दोभान खोलामा ५.२ मेगावाटको ‘माथिल्लो दोभान खोला जलविद्युत आयोजना’ निर्माणका लागि सर्वेक्षण लाइसेन्स लिएको छ । कम्पनीले२०८३ पुसभित्रकाम सक्ने गरी सर्वेक्षण गरिरहेको छ ।
पेल्टोन हाइड्रो इनर्जी प्रालिले केरौँजाको यारु खोलाबाट १३ मेगावाट क्षमताको ‘माथिल्लो यारु खोला जलविद्युत आयोजना’ निर्माणका लागि लाइसेन्स लिएको छ । कम्पनीले २०८३ पुसभित्र सम्पन्न गर्ने गरी सर्वेक्षणको काम सुरु गरेको जनाएको छ ।




