| मङ्लबार, कार्तिक २४, २०८३

स्ववियू निर्वाचनमा ६ वटा संघ–संगठनहरु प्रतिस्पर्धा गर्दै

यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विद्यार्थी संघ–संगठनहरु दर्ता भएका छन् । गोरखा क्याम्पस र द्रव्यशाह बहुमुखी क्याम्पस दु्वैमा ६/६ वटा विद्यार्थी संघ–संगठनहरु दर्ता भएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार सोमवार बिहान ६ देखि दिउँसो ३ बजेसम्म संघ संगठन दर्ताको समय तोकिएको थियो । सोही आधारमा बिद्यार्थीहरुले संघ संगठन दर्ता गरेका हुन् ।

गोरखा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियू (समाजवादी), कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी), एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियू (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निकट नयाँशक्ति विद्यार्थी यूनियनले संघ तथा संगठन दर्ता गराएको निर्वाचन समिति सदस्य सुशील अर्यालले बताए ।

यता द्रव्यशाह बहुमुखी क्याम्पसमा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियू (समाजवादी), कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियू, नेकपा एमाले निकट अनेरास्ववियु र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निकट नयाँ शक्ति विद्यार्थी यूनियनले आफ्नो संगठन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्