
रोटरीको मनकामना–गोरखकाली मन्दिर पदयात्रा सम्पन्न
रोटरी क्लव अफ गोरखाको आयोजनामा भएको मनकामनादेखि गोरखकाली मन्दिरसम्मको पदयात्रा सम्पन्न भएको छ । शुक्रवार मनकामना मन्दिरबाट यात्रा सुरु भएको हो । धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले पदयात्रा गरिएको क्लबका अध्यक्ष बिनोद बस्न्यातले बताए ।
‘सहिदलखन गाउँपालिका र गोरखा नगरपालिकाको सहयोगमा क्लवले पदयात्रा आयोजना गरेको हो,’ उनले भने, ‘शुक्रबार विहान मनकामना मन्दिरबाट सुरु भएको यात्रा शनिबार दिउँसोे गोरखकाली मन्दिरको हनुमानभज्याङमा आएर समापन ग¥यौ ।’
पहिलो दिन मनकामना मन्दिरबाट बक्रेश्वरी मन्दिर, सिद्ध लखन गुफा, आरसीमि भिलेज हुँदै सहिदलखन गाउँपालिका–७ को काउलेभंगारमा बास बसेको उनले बताए । दोस्रो दिन काउलेभंगारदेखि खाब्दीभञ्यांग, ढुङ्गागाढेचोक हुँदै उकाले चढ्दै गोरखकाली दरबार आइपुगेको उनले जानकारी दिए । पदयात्रामा क्लवका पदाधिकारी, जनप्रतिनिधि लगायतले सहभागिता रहेको थियो ।
यसअघि पनि क्लबले सोही मार्गमा तीन पटक पदयात्रा गरिसकेको छ । पहिलेको तुलनामा अहिले बाटो राम्रो भएको र ठाउँठाउँमा होमस्टेहरु समेत संचालन हुन थालेको क्लबका निवर्तमान अध्यक्ष किशोरजंग थापाले बताए ।
उनका अनुसार मनकामना मन्दिरमा आउने धार्मिक पर्यटकहरुलाई गोरखकाली मन्दिरसम्म ल्याउने पदयात्रा मुख्य उदेश्य रहेको छ । वार्षिक रुपमा मनकामना आउने १० प्रतिशत पर्यटक गोरखकालीम मन्दिरमा ल्याउन सके जिल्लाको आन्तरिक पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने उनको बिश्वास छ ।




