| मङ्लबार, कार्तिक २४, २०८३

सिर्दिवासमा एकाएक पतेरा देखिएपछि टिप्नेहरुको भिड

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा टिप्नेहरुको भिड लागेको छ । बिहीबार बिहान मात्र गाउँमा एकाएक पतेरा आएपछि टिप्नेहरुको भिड लागेको पालिकाकी निवर्तमान उपाध्यक्ष कुमारी गुरुङले बताइन् ।

‘सिर्दिबास र फिलिम जोड्ने पुल तल बिहान धेरै संख्यामा एकाएक पतेराहरु देखा प¥यो,’ उनले भनिन्, ‘त्यसपछि गाउँलेहरु एकाएक पतेरा टिप्न गए ।’ बगरमा पतेरा किन्ने र बेच्ने मान्छेहरुको चहलपहल देखिन थालेको उनले जानकारी दिइन् । भनिन्, बिहान मात्र प्रतिकेजी २ हजार रुपैँयामा किनबेच भएको थियो दिउँसो तीन हजार पुगेछ ।’

उक्त पतेराहरु कसले कुन प्रयोजनका लागि खरिद गरेको भन्ने वारे भने आफूलाई जानकारी नभएको उनले सुनाइन् । तर किनवेच गर्ने दुवै स्थानीय रहेको उनले जानकारी दिइन् । अहिले सिर्दिवासका अधिकांश मानिस पतेरा टिप्न जाने गरेको बताइएको छ ।

सिर्दिबासको वडाअध्यक्ष रामकुमार गुरुङले पनि गाउँको बगरमा एकाएक पतेरा आएपछि गाउँलेहरु टिप्न गएको वताए । ‘यसरी मान्छेहरु गएका छन् भन्ने कुरा दिउँसो १ बजेतिर मात्र थाहा पाएँ तर किन र कहाँ लैजाने भन्नेबारे पत्ता लगाउन सकेको छैन्’, उनले भने ।

यस विषयमा मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप)मा उजुरी गरेपनि कार्यालयबाट केही हुन नसकेको उनले जानकारी दिए । सिर्दिबासको बगरमा यसरी पतेरा आएको यो पहिलो पटक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्