| मङ्लबार, कार्तिक २४, २०८३

बारपाक सुलिकोटद्वारा श्रमिकलाई सम्मान

बारपाक सुलिकोट गाउँपालिकाले पालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न आठ जना श्रमिकहरुलाई सम्मान गरेको छ । पालिकाले मंगलबार एक कार्यक्रमकाबीच उनीहरुलाई नगद रु दुईहजार सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको अवधिमा बफादारिता र इमानदारिता सहित तोकिएको समय पालना गरी काम गर्ने श्रमिकहरुलाई सम्मान गरिएको पालिकाको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए । आदिबासी जनजाति, दलित, महिला, अपाङ्ग भएका र आर्थिक रुपमा विपन्नहरुलाई प्राथमिकतामा राखेर सम्मान गरिएको उनले जानकारी दिए । ‘हरेक वडाबाट १–१ जनाको दरले आठ जनालाई सम्मान गरिएको हो’, उनले भने ।

पालिकाका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ र प्रमुख प्रशासकीय सुवास आलेले संयुक्त रुपमा उनीहरुलाई सम्मान गरेका हुन् । पालिकाले मंगलबार नै आगामि वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न हुने करिब ७५ जना छनोट गरी अभिमुखिकरण समेत गराएको छ ।

उनीहरुलाई ‘राष्ट्र निर्माणमा श्रमको महत्व’ विषयमा अभिमुखीकरण गराएको पालिकाले जनाएको छ । पालिकाको प्रमुख प्रशासकीय अधिकृत सुवास आले र रोजगार संयोजक कोपिला गुरुङले कार्यक्रममा अभिमुखीकरण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्