| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा उवासंघको प्रेस सल्लाहकारमा मरहट्टा, कानूनी सल्लाहकारमा दुवाडी

गोरखा उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा बिकास मरहट्टा र कानूनी सल्लाहकारमा स्थानेश्वर दुवाडी चयन भएका छन् । संघको गत माघ १५ गते बसेको तेस्रो बैठकले मरहट्टालाई प्रेस सल्लाहकारमा र दवाडीलाई कानूनी सल्लाहकारमा चयन गर्ने निर्णय गरेको हो ।

संघको यही पुस ५ गते सम्पन्न १७ औं अधिवेशनले भगवानबाबु मास्केको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । सोही अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्