| मङ्लबार, कार्तिक २४, २०८३

सशस्त्र युद्ध दिवश मनाउन गण्डकी गाउँपालिकामा सार्वजनिक विदा

सशस्त्र युद्ध दिवस मनाउन गोरखाको गण्डकी गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा घोषणा गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गरी गाउँपालिकाले सशस्त्र युद्धको स्मरण र सहिदहरुप्रति सम्मानका लागि एक दिन विदा दिने निर्णय गरिएको जनाएको हो ।

सार्वजनिक विदा दिने बारे यही माघ ८ गते बसेको गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको सूचनामा जनाइएको छ ।
सो दिन गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु र अर्ध तथा गैरसरकारी संघ संस्थाका कार्यालयहरु तथा शैक्षिक संस्थाहरु बन्द रहने गाउँपालिको सूचनामा उल्लेख छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले जनयुद्ध दिवसका दिनमा सार्वजनिक विदा दिने निर्णय गरेकामा गतबर्षको पुस १३ गते सर्वोच्च अदालतलले सो विदा खारेज गरेको थियो । तर माओवादीका पालिका प्रमुख भएका गोरखाका कतिपय पालिकाले भने सो दिन सार्वजनिक विदा दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्