| मङ्लबार, कार्तिक २४, २०८३

त्रिशुली नदीमा शव फेला

गण्डकी गाउँपालिका–२ गोर्दीस्थित त्रिशुली नदि किनारमा एक व्यक्तिको शव फेला परेको छ । शनिवार दिउँसो नदी किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘हेर्दा ५०–५५ बर्षको पुरुषको शव जस्तो देखिन्छ,’ प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले भने, ‘पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याएका छौ ।’ स्थानीयले शव देखेर खवर गरेपछि शर्मा नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी र विपद व्यवस्थापन शिक्षालय कुरिनटारको टोली मिलेर शव निकालेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्