| शुक्रबार, बैशाख १७, २०८३

सिर्दिबासमा फेरि एक किलोभन्दा बढी अबैध चा“दी बरामद

केहीदिन अघि १० किलोग्राम अबैध सुन बरामद गरेको गोरखाको प्रहरीले फेरि अबैध चाँदी बरामद गरेको छ । चुमनुब्री गाउँपालिका ७ छेकम्पार हुदै ओसारिएको एक किलो ४१० ग्राम चाँदी सिर्दिबासको जगत प्रहरी चौकीले बरामद गरेको हो ।
तिब्बत र चुमनुब्री गाउँपालिका ७ छेकम्पारको सीमानामा रहेको ङुइँला नाका हुदै ओसारिएको चाँदी नियमित चेकजाँचको क्रममा बुधबार बिहान ११ बजेतिर बरा मद गरेको प्रहरीले जनाएको छ । साथै प्रहरीले अबैध चाँदी ओसार पसारमा संलग्न चुमनुब्री गाउँपालि का ७ छेकम्पार बस्ने बर्ष ३५ को साङ्के दोर्जे लामालाई पक्राउ गरेको छ । झोलामा रहेको २० थान चाँदीको बाला र १ थान क्यानचिन नाम गरेको चाँदीको गहना गरी जम्मा १ किलो ४१० ग्राम अवधै चाँदीसहित उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक बिमल बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्