| मङ्लबार, कार्तिक २४, २०८३

अनुदानमा मकैको बिउ वितरण गर्दै बारपाक सुलिकोट

बारपाक सुलिकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गर्ने भएको छ । वार्षिक स्वीकृत कार्यक्रमको मकै बाली प्रवद्र्धन कार्यक्रम अन्तरगत पालिकाका किसानलाई अनुदानमा विउ वितरण गर्न लागिएको हो । संघ सरकारको सात लाख बजेटमा सो कार्यक्रम संचालन गर्न लागिएको पालिकाका कृषि शाखा प्रमुख सन्तोष ढकालले बताए ।

कृषक समूह/कृषि फर्म तथा कृषि सहकारी मार्फत मकैको बिउमा ५० प्रतिशत अनुदान कार्यक्रम संचालन गर्न लागिएको उनले जानकारी दिए । सोही बजेटबाट मकै तथा धान खेती लक्षित कुलो निर्माण कार्यक्रम समेत संचालन गरिने उनले जानकारी दिए । उनका अनुसार कार्यक्रम पालिकाको आठै वटा वडाहरुमा लागू हुने छ ।

इच्छुक कृषि समूह/फर्म/सहकारीलाई माघ २२ गतेभित्र आवश्यक कागजात सहित सम्बन्धित वडामा सम्पर्क गर्न पालिकाले आग्रह गरेको छ । पालिकाको १ र २ नं वडा बाहेक अन्य सबै वडाहरुमा मकै उत्पादन राम्रो हुने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्