
‘डम्वेलका व्यायामहरु’ नामक पुस्तक सार्वजनिक
शारीरिक व्यायाम प्रशिक्षक संजितकुमार श्रेष्ठको ‘डम्वेलका व्यायामहरु’ नामक पुस्तक सार्वजनिक भएको छ । शुक्रवार गोरखा बसपार्कस्थित गोरखा फिटनेस क्लबमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिक गर्दै श्रेष्ठले जिममा डम्वेलको प्रयोग कसरी गर्ने? भन्ने कुरा पुस्तकमा उल्लेख गरिएको बताए ।
‘तरिका नमिलाई गरेको टे«निङको केही अर्थ हुदैन, त्यसले नजिता पनि दिदैन,’ उनले भने, ‘तरिका मिलाएर ग¥यो भने छोटो समयमा त्यसको प्रभाव देखिन्छ ।’ त्यही तरिकाबारे पुस्तकमा उल्लेख गरिएको उनले जानकारी दिए । शरीरका बिभिन्न मांशपेशीहरुको व्यायाम कसरी गर्ने ? र जिम गर्दा आवश्यक पर्ने खानपानको बिषयलाई पनि पुस्तकमा समेटिएको उनले बताए । ‘तीन महिनाको बेसिक ट्रेनिङ प्रोगामबारे पनि यस पुस्तकमा उल्लेख गरेको छु,’ उनले भने ।
गोरखा नगरपालिका–६ तिनधारेका श्रेष्ठ हाल अस्ट्रेलिया बस्छन् । विगत २९ बर्षदेखि निरन्तर शारीरिक व्यायाम गर्दै आएका उनले अस्ट्रेलियामा जिम समेत संचालन गरी प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् । हालै नेपाल आएको मौका छोपी उनले पुस्तक सार्वजनिक गरेका हुन् ।




