
मरहट्टाको स्मृति दिवसमा विविध कार्यक्रम
स्वर्गिय शम्भुबाबु मरहट्टाको २९ औ स्मृति दिवस दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा शम्भु स्मृति प्रतिष्ठान गोरखाले सिरानचोक गाउँपालिका–५ छोप्राकस्थित मण्डली माविमा एक लाख रकम बरारबको अक्षयकोष स्थापना गरेको छ ।
विद्यार्थीको छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरिएको संस्थाले जनाएको छ । बिहीवार एक कार्यक्रमकाबीच संस्थाकी कोषाध्यक्ष तुलसा मरहट्टाले बिद्यालयलाई एक लाख रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् । कार्यक्रमकै अवसरमा सो बिद्यालयमा अध्ययनरत कक्षा १२ की सविता गुरुङ र कक्षा ९ का बिजय बिकलाई छात्रवृत्ति समेत वितरण गरिएको छ ।
बिद्यालयको हिरक महोत्सवको अवसर पारेर गरिएको कार्यक्रममा संस्थाका सचिव रामबाबु श्रेष्ठले मरहट्टाको जीवनी प्रस्तुत गरेका थिए । अध्यक्ष केशवबाबु मरहट्टाले संस्थाको उदेश्य एवं गतिविधिबारे प्रकाश पारेका थिए ।




