| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको मान्वुमा आगलागीबाट तीन घर जलेर नष्ट

गोरखाको आरुघाट गाउँपालिका–१ मान्वुको श्यामचेतमा आगलागीबाट तीन घर जलेर नष्ट भएको छ । स्थानीय पूर्णबहादुर लामा र उनका दुइ छोराहरु बुद्धिमान र आइतेसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शनिवार साँझ करिव साढेँ ६ बजेको समयमा खाना बनाउन आगो बाल्ने क्रममा चुलो नजिकै रहेको मकैको खोष्टामा सल्किएर पूर्णबहादुरको घरमा आगलागी हुन पुगेको थियो । उक्त घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई घर समेत जलेर भएको डिएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।

आगलागीबाट सँगै रहेको बिरबहादुर लामाको घरमा पनि सामान्य क्षति पुगेको उनले जानकारी दिए । स्थानीय र प्रहरीको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको बताइएको छ । आगलागीबाट पशुचौपाय तथा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्