| मङ्लबार, कार्तिक २४, २०८३

सेताम्य साम्दो, जनजीवन सामान्य(फोटो फिचर)

सुदूर उत्तरी गोरखाको साम्दो गाउँ यतिबेला सेताम्य छ । ४५ घरधुरी रहेको साम्दो बिगत केहीदिनदेखि हिउँले ढाकिएको अजय गुरुङले जानकारी दिए ।

हिउँ परेपछि जनजीवन सामान्य रहेको उनले बताए । ‘शनिबार र आइतबार परेको हिउँले गाउँ ढपक्क ढाकिएको छ । आजचाहिँ मौसम सफा छ’, लार्केपास गर्ने पर्यटकको पथप्रदर्शकका रुपमा साम्दो पुगेका उनले भने, ‘गाउँलेहरु जाडो छल्न तल्लो भेग झरिरहेका रहेछन् । गाउँमा रहेकाहरु पनि नियमित काममा व्यस्त देखिन्छन् । होटलहरु पनि प्राय बन्द छन् । दुईवटा मात्र खुलेका रहेछन्, ती पनि बन्द गरेर झर्ने तरखर गर्दैछन् ।’ अफसिजनमा ट्रेकिङ गर्ने विदेशी पर्यटक फाट्टफुट्ट हिँडिरहेका उनले बताए ।

सदरमुकामबाट ५५ कोश टाढा रहेको साम्दो तिब्बती सीमाना नजिक रहेको गोरखाको अन्तिम गाउँ हो ।

तस्वीर सौजन्य : अजय गुरुङ

प्रतिक्रिया दिनुहोस्