| मङ्लबार, कार्तिक २४, २०८३

पत्रकार र सूचना अधिकारी बीच अन्तरक्रिया सम्पन्न

जिल्लामा क्रियाशील पत्रकार र सरकारी कार्यालयहरुको सूचना अधिकारीहरु बीच अन्तरक्रिया सम्पन्न भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनाका अन्तरक्रिया सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा सूचना अधिकारीहरुले दिनुपर्ने सूचनाहरु प्रभावकारी ढङ्गले प्रवाह गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा सरकारी कार्यालयहरुको आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थियो । यस्तै, सूचनाको हक सम्बन्धी ऐन तथा सूचनाको हक सम्बन्धी नियमावलीको विषयका समेत कार्यक्रममा छलफल भएको थियो ।

कार्यक्रममा सरकारी निकायहरुले आफ्नो वेभसाइट, सामाजिक संञ्जालमा रहेको पेजहरु अद्यावधिक गरी बढिभन्दा बढि सरोकारवाला निकायहरुको पहँचमा पुग्नेगरी अद्यावधिक गर्ने निर्णय समेत भएको छ । यस्ता कार्यक्रमहरुलाई आगामी दिनहरुमा निरन्तरता दिने निर्णय कार्यक्रमले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्