| मङ्लबार, कार्तिक २४, २०८३

चौथो गोरखकाली पर्यटन मेला सुरु

जिल्लामा चौथो गोरखकाली पर्यटन मेला सुरु भएको छ । संस्कृति संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमवारबाट मेला सुरु गरिएको आयोजक हरमटारी क्लबले जनाएको छ ।

हरमटारी खेलमैदानमा भएको मेलाको सोमवार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सांसद नन्दप्रसाद न्यौपानेले उद्घाटन गरेका छन् । कार्यक्रम पूर्व झाँकीसहितको ¥याली निकालिएको थियो । हरमटारी खेलमैदानबाट निस्किएको ¥याली बिसौनी, बसपार्क, ठुलोआँगन, पाटेचौर हुदैं पुनः हरमटारी खेलमैदानमा पुगेको टुंगिएको थियो ।

पहिलो दिन सुनिता थेगिम, बन्दना पाण्डे, हरिराम परियार, रमेश श्रेष्ठ लगायतका कलाकारको सांगितिक प्रस्तुती रहेको थियो । आज सुमित्रा तामाङ, बिजय परियार, साहिमा श्रेष्ठ, बिनय कार्की, कुलेन्द्र बिक लगायतका कलाकारहरुको प्रस्तुती रहने क्लबका अध्यक्ष जीवन गुरुङले बताए । पुस १८ गतेसम्म मेला संचालन हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्