| आइतवार, कार्तिक २२, २०८३

गोरखामा यो वर्ष पनि सुन्तला उत्पादन घट्ने

गोरखामा यो वर्ष पनि सुन्तलाको उत्पादन घट्ने देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ गोरखाका अनुसार यो वर्ष पनि जिल्लामा सुन्तलाको उत्पादन घट्ने अनुमान गरेको छ ।

खडेरीका कारण उत्पादन घट्न सक्ने इकाइ प्रमुख पूर्ण ढुङगानाले बताइन् । ‘लामो समय खडेकी परेका कारण पोहोरको भन्दा यो वर्ष उत्पादन घट्ने अनुमान गरेका छौ,’ उनले भनिन्, ‘हालसम्म प्राप्त भएको तथ्याङ्कले पनि त्यो देखाउँछ ।’ बर्षेनी सुन्तला उत्पादन घट्ने क्रममा रहेको उनले जानकारी दिइन् ।

उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा करिव १९ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत बर्ष १६ सय मेट्रिक टन मात्र उत्पादन भयो । यो वर्ष पनि उत्पादन घट्ने उनले बताइन् । बोटमा बिभिन्न प्रकारका रोग देखा पर्नु, प्राङ्गारिक मलको र सिंचाइको अभाव लगायतका कारणले उत्पादन घटेको उनको भनाइ छ । माघको अन्तिमसम्म उत्पादनको पुरा तथ्याङ्क आउने कार्यालयले जनाएको छ ।

विगत आठ वर्षदेखि गोरखामा ‘सुन्तला जोन’ कार्यक्रम लागू हुदै आएको छ । गण्डकी गाउँपालिका, भीमसेनथापा गाउँपालिका, शहिदलखन गाउँपालिका र गोरखा नगरपालिका र पालुङटार नगरपालिकाको वडा नं ९ र १० लाई समेटेर जोन लागू भएको हो ।

प्रतिक्रिया दिनुहोस्