
गोरखा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
हालै सम्पन्न अधिवेशनबाट निर्विरोध निर्वाचित गोरखा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिले सपथ तथा पदभार ग्रहण गरेको छ । अध्यक्षलगायतका पूरै सेट निर्विरोध निर्वाचित भएको सो टिमले शुक्रबारै सपथ तथा पदभार ग्रहण गरेको हो ।
अध्यक्ष भगवानवावु मास्केलाई निवर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठले सपथ ग्रहण ग्रहण गराएका थिए भने अन्य पदाधिकारीलगायत सदस्यहरुलाई नवनिर्वाचित अध्यक्ष मास्केले सपथ ग्रहण गराएका थिए । साथै निवर्तमान कार्यसमितिले माइन्युट हस्तान्तरण गरी नयाँ कार्यसमितिलाई पदभार ग्रहण गराएको थियो ।
गत शुक्रबार सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ, उपाध्यक्षमा प्रकाशचन्द्र श्रेष्ठ, र महासचिवमा चन्दनबाबु खत्री निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुरेन्द्र कुँवर, सचिवमा शरण श्रेष्ठ र सहकोषाध्यक्षमा बसन्त बस्नेत सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनबाट नयाँ कार्यसमितिको महिला सदस्यमा सुशीला श्रेष्ठ, बस्तुगत सदस्यमा पर्वबहादुर विश्वकर्मा र एसोसियट सदस्यमा बिक्रम बस्नेत निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा प्रदिप खनाल, पुष्कल अर्याल, कर्णबहादुर गुरुङ, दिपककुमार श्रेष्ठ, मनकाजी श्रेष्ठ, काजीराम श्रेष्ठ, किरण ढकाल, भोलाप्रसाद मरहट्टा र सोम कोइराला निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न अधिवेशन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए ।




