| आइतवार, कार्तिक २२, २०८३

गोरखा रातीदेखि विद्युतविहिन, नौबजे सुचारु हुने सम्भावना


गोरखा सदरमुकाम र आसपासका क्षेत्रहरु गएरातीदेखि विद्युत विहिन भएको छ । आँबुखैरेनीस्थित सब–स्टेशनबाट गोरखातर्फ ल्याइएको ३३ केभी प्रशारण लाइनमा समस्या देखिएका कारण विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

गोरखा वितरण केन्द्रबाट विद्युत लाइन प्रशारण भएका गोरखा नगरपालिका, सहिद लखन गाउँपालिकाका केही क्षेत्र, भीमसेनथापा गाउँपालिका, खोप्लाङ, छोप्राकलगायतका क्षेत्र रातीदेखि नै विद्युत विहिन भएको हो । विद्युत अवरुद्ध हुँदा विद्युतको सहायताबाट सञ्चालन हुने सबै सेवा बन्द रहेका छन् ।
मर्मतको काम चलिरहेको गोरखा वितरण केन्द्रका प्रमुख चिजबहादुर गुरुङले जानकारी दिए । ‘नौबजेसम्म लाइन सुचारु गर्नेगरी काम भइरहेको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्