| मङ्लबार, कार्तिक २४, २०८३

स्वयं सेविका दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता

२१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजनामा बिहिबार प्रतियोगिता सम्पन्न भएको हो ।

हाजिरीजवाफ प्रतियोगितामा गोनपा १३ र १४ नं वडाको टोली प्रथम भएका छन् । यस्तै, वडा नं ५, ६ र ७ को समूह दोस्रो भएका छन् भने वडा नं १ र २ को समूह तेस्रो भएका छन् । विजयी टिमले क्रमशः रु ५ हजार, ३ हजार र २ हजार रुपैँया नगद पुरस्कार प्राप्त गरेको गोरखा नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा नगरपालिका अन्तरगत सबै वडाका महिला स्वास्थ्य स्वयं सेविकाहरुले सहभागिता जनाएको पालिकाको भनाई छ । ‘९–९ जनाको ७ समूह बनाएर प्रतियोगिता संचालन गरिएको थियो’, गोरखा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले भने, ‘अन्य कार्यक्रमहरु गर्नुभन्दा स्वास्थ्य सम्बन्धी र ज्ञानवद्र्धक कार्यक्रम गरौँ भन्ने उद्देश्यसहित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेका हौँ ।’

गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, उपप्रमुख मसली माया थोकर, स्वास्थ्य शाखा प्रमुख रेग्मी, स्वास्थ्य कार्यालय गोरखाका प्रतिनिधी लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्