| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा ५ मा ३०० मत गन्दा कांग्रेस अगाडि


गोरखा नगरपालिका ५ को वडाअध्यक्षपदका लागि भएको उपनिर्वाचनको ३०० मत गन्दा कांग्रेसका भाइकाजी आले अगाडि छन् । निर्वाचन कार्यालयका अनुसार आलेले १०२ मत प्राप्त गरेका छन् ।


नेकपा माओवादी केन्द्रका विष्णु रानाले ९६ मत प्राप्त गरेका छन् भने एमालेकी दुर्गामाया रानाले ७९ मत प्राप्त गरेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मंगलबहादुर थापाले १३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्