
गोरखाली समाज फ्रान्सको अधिबेशन सम्पन्न
गोरखाली समाज फ्रान्सले अधिबेशन, नयाँ निर्बाचन र देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । केही दिनअघि मात्र फ्रन्सको ओबरभिलिय शहरमा समाजले एक दिवसीय तीन चरणमा कार्यक्रम सम्पन्न गरेको हो ।
अधिबेशनले संजीव देवकोटालाई अध्यक्षका रुपमा चयन गरेको छ । यस्तै, उपाध्यक्षहरुमा सुजनराज भट्ट र नानु देवकोटा, महासचिवमा सुजन बन्जरा, सहसचिवमा राजन सिंखडा, कोषाध्यक्षमा कुल तामाङ, सहकोषाध्यक्षमा बर्ता गुरुङ चयन भएका छन् । सदस्यहरुमा जीवन आले मगर, रबिना सिंखडा, सम्झना भट्ट, रन्जीत श्रेष्ठ, सबिन राना मगर, कुमार श्रेष्ठ, सुदीप दबाडी, नवराज बगाले, जीत घले र विष्णु दबाडी चयन भएका समाजले जनाएको छ ।
अधिबेसन पछि देउसी भैलो खेलेर कार्यक्रम सम्पन्न गरिएको समाजका प्रमुख अभिभावक एवं साहित्यकार हरिहर अर्यालले बताए । देउसी भैँलो खेलेर समाजको आपतकालीन कोषमा झन्डै २५ सय युरो थप गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदुत सुधीर भट्टराई, गोरखाली समाज फ्रान्सका प्रमुख अभिभावक एवं साहित्यकार हरिहर अर्याल, अभिभावकहरु निर्मल अर्याल, सुक गुरुङ, सुरेन्द्र काप्री लगायत कार्यसमितिका पदाधिकारीहरु एवं विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, कलाकार र अन्य नेपाली दाजुभाई दिदीबहिनीहरुले सहभागिता जनाएको गोरखाली समाज फ्रान्सले जनाएको छ ।




