
सहिदलखनको दुई झोलुङ्गे पुल मर्मतपछि संचालनमा, थप एउटाको पुननिर्माण गर्नुपर्ने
बाढीले क्षति पु¥याएको सहिदलखन गाउँपालिकाको तीनवटा झोलुङ्गे पुलमध्ये दुई वटा मर्मत पश्चात संचालनमा आएका छन् । शहीद लखन गाउँपालिका–३ सिलिङटार र चितवनको इच्छाकामना ४ चेरेस जोड्ने, सहिदलखन–४ ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटार जोड्ने पुल मर्मत पश्चात संचालनमा आएको हो ।
‘सस्पेन्सन ब्रिज महाशाखा पुल्चोकको प्राविधिक सहयोगमा सिलिङटारको पुल केही दिनअघि नै मर्मत भएर संचालनमा आएको हो,’ गाउँपालिका अध्यक्ष रमेश थापा मगरले भने, ‘ठेउवाटारको पुलको हिजो मात्र मर्मत सम्पन्न भएको हो ।’ पालिका आफैले उक्त पुलको मर्मत गरेको उनले जानकारी दिए ।
सहिदलखन–४ ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी जोड्ने झोलुङ्गे पुल भने पूर्ण रुपमा क्षति भएकाले पुननिर्माण गर्नुपर्ने उनले बताए । ‘यो पुलको संरचना पुरै भत्किएकाले मर्मत गरेर हुदैँन, नयाँ बनाउनुपर्छ,’ उनले भने, ‘पुल पुननिर्माणको माग गर्दै संघिय मामिला तथा स्थानीय पूर्वाधार बिभाग श्रीमहल पुल्चोकमा पत्राचार समेत भइसकेको छ ।’
लिकाको स्रोतले नयाँ पुल बनाउन सम्भव नहुने भन्दै संघिय सरकारको भर पर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए । सहिदलखनको ठेउवाटार र इच्छाकामनाको लेवाटार जोड्ने झोलुङ्गे पुलको ठाउँमा मोटरेवल पुल बनाउन माग समेत गरिएको पालिकाले जनाएको छ ।
गत असोज ११ र १२ को बर्षाका कारण नदीमा आएको बाढीले ती पुलहरुमा क्षति पुगेका थियो । तर गण्डकी गाउँपालिकाको धवादी र बेनिघाट रोराङ गाउँपालिकाको चरौदी जोड्ने पुल भने अझै मर्मत भएको छैन । त्यहाँका स्थानीयबासीलाई त्रिशुली वारपार गराउन यी दुवै गाउपालिकाले डुंगा सञ्चालन गरेको छ ।




