
रमझमका साथ मनाइयो नेपाल सम्वत ११४५ को आरम्भ उत्सव
नेपाल संवत् ११४५ को आरम्भ भएको अवसरमा नेवा देय दबु र नेवाः मिसा दबु जिल्ला कार्यसमिति गोरखाले गोरखा सदरमुकाममा बाजागाजासहित नगर परिक्रममा गरेको छ । दुवै समितिको संयुक्त आयोजनामा निस्किएको भएको प्रभातफेरी कार्यक्रममा नेवार जातिको विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गर्दै गोरखा बजार परिक्रममा गरिएको थियो ।
गोरखा नगरपालिकाको रानीपोखरी परिसरबाट सुरु भएको बाजागाजा सहितको ¥यालीले पँदेली, ठूलो आँगन, तीनधारे, गणेशपाटन बजार, पाटेचौर, गोरखा अस्पताल, चालिसे चोक, कालिमाटी बजार, शक्तिचोक, बैंकरोड, पुरानो बसपार्क हुँदै पुनः रानीपोखरी परिसरमा पुगेर समापन गरिएको थियो ।
¥यालीमा धिमे बाजा, लाखे तथा अन्य नेवारी बाजागाजा प्रदर्शन गरिएको नेवा देय दबु जिल्ला कार्य समिति गोरखा अध्यक्ष देवीप्रसाद श्रेष्ठले जानकारी दिए ।




