| मङ्लबार, कार्तिक २४, २०८३

बारपाकका पाँच जनामा क्षयरोग पुष्टी

बारपाकका पाँच जनामा क्षयरोग देखिएको छ । आइतवार भएको एक्सरेद्धारा छातीरोग सम्बन्धि खोजपडताल शिविरमा परिक्षण गर्दा उनीहरुमा क्षयरोग पुष्टी भएको हो । गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्र पोखराको आयोजना, गाउँपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापन तथा जन्त्र नेपालको प्रविधिक सहयोगमा शिविर संचालन भएको हो । शिविरमा २५० जनाले सेवा लिएको उपचार केन्द्र पोखराका निर्देशक डा. विशााल तिवारीले बताए ।

जसमध्ये पाँच जनामा क्षयरोग पुष्टि भएको उनले जानकारी दिए । थप २५ जनामा क्षयरोगको आशंका देखिएकाले नमुना परिक्षणका लागि गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्र पोखरा पठाउने तयारी भएको उनले बताए । जापनिज विशेषज्ञ सहितको टोलीले शिविरमा सेवा दिएका थिए । शिविरको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए ।

क्षयरोग पहिचान गर्ने हरेक जिल्लामा यो शिविर सञ्चालन गर्ने उदेश्यका साथ गण्डकी प्रदेश सरकारले यो वर्षदेखि कार्यक्रम सुरु गरेको उनले बताए । गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङको अध्यक्षतामा तथा मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपचार केन्द्र पोखराका निर्देशक डा. तिवारी, वडाध्यक्ष, पालिकाका स्वास्थ्य शाखाका कर्मचारी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो । आज सौरपानीमा शिविर संचालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्