| मङ्लबार, कार्तिक २४, २०८३

फुटपाथमा भाइमसला तथा रङ बेच्नेलाई कारबाहीको माग

फुटपाथमा भाइमसला तथा रङ बेच्नेलाई कारबाहीको माग गर्दै मसला तथा किराना व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र कुझाएको छ ।

संघले गैर कानुनी रुपमा बाहिरी जिल्लाहरुबाट आएर यहाँका सडक तथा फुटपाथमा मसला तथा रङ्ग बेच्ने कार्यमा प्रतिबन्ध लगाउनुपर्ने मागसहित गत शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । सम्बन्धित निकायमा दर्ता पनि नगरी, राज्यलाई कर पनि नतिरी चाडबाडको बेलामा मात्र फुटपाथभरि सरसामान राखेर व्यापार गर्दा राज्यको नीति, नियम, सीमाभित्र रहेर व्यापार गर्नेहरु मर्कामा पर्ने संघको धारणा छ ।

यस्तै, सडक पेटीमा राखिने रङ र भाईमसला हटाउने वा राख्न नदिने, बाहिरी जिल्लाबाट आएका फुटपाथे व्यापारीलाई दर्ता र करको दायरामा ल्याउनुपर्ने, पोकापोकी लिएर बेच्दै हिँड्ने व्यापारीहरुलाई कारबाही गर्नुपर्ने र बिदाको दिन पनि अनाधिकृत रुपमा फुटपाथे व्यापारीलाई हटाउन पहल गर्नुपर्ने लगायतका मागहरु ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्