
दशैँमा मापसे गरी सवारी चलाउने ७८ चालक कारवाहीमा
यस बर्षको दशैँमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७८ जना चालक कारवाहीमा परेका छन् । कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
‘घटस्थापनादेखि शनिवारसम्म ६१ जना मोटरसाइकल/स्कुटर चालक कारवाहीमा परे,’ कार्यालयका निमित्त प्रमुख असई बसन्त पौडेलले भने, ‘१३ जना कार/भ्यान चालकलाई पनि कारवाही ग¥यौँ ।’ दुई जना ट्याक्टर चालक र दुई जना बस चालक पनि कारवाहीमा परेको उनले जानकारी दिए । कारवाही स्वरुप उनीहरुबाट ४० हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
‘मापसे चेकिङलाई फोकस गरेर चेकजाँचमा कडाइ गरेका थियाँै, त्यसले गर्दा त्यति ठुलो सवारी दुर्घटना हुन पाएन,’ ट्राफिक असई पौडेलले भने । यस बर्षको दशैँमा ६ वटा मोटरसाइकल दुर्घटना भएको उनले जानकारी दिए । उनका अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए ।
मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ का २० बर्षीय निशान गिरी रहेका छन् । भीमसेन थापा गाउँपालिका–३ सिमलफेदमा उनले चलाएको बा ३६ प १५६२ नम्वरको मोटरसाइकल दुर्घटना भएको थियो ।




