
गोरखा विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा श्रेष्ठ
गोरखा विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा जीवनज्योती श्रेष्ठ चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न भएको २४ औ बार्षिक साधारणसभा तथा ८ औँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा खडानन्द भट्ट, सचिवमा नवराज उपाध्याय र कोषाध्यक्षमा बद्रीप्रसाद पोखरेल चयन भएका छन् । सदस्यहरुमा प्रविन बस्नेत, कृष्णप्रसाद अर्याल, मिनादेवी श्रेष्ठ, कुशललाल श्रेष्ठ, प्रकाशचन्द्र श्रेष्ठ, पर्वबहादुर बिक र चेतनाथ गोतामे रहेका छन् । अधिवेशनले शंकरबहादुर कुँवरको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा किरण अर्याल र राममाया श्रेष्ठ रहेका छन् ।
संस्थाका अध्यक्ष रामबाबु जोशीको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सचिव शरद श्रेष्ठले संस्थाको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष योङ कुमार श्रेष्ठले आर्थिक प्रतिवेशन प्रस्तुत गरेका थिए ।




