| मङ्लबार, कार्तिक २४, २०८३

शान्ति समाज गोरखाको अध्यक्षमा श्रेष्ठ


मानव अधिकार तथा शान्ति समाज गोरखाको अध्यक्षमा शरद श्रेष्ठ चयन भएका छन् ।

केन्द्रको २४ औँ साधारण सभा एवं १३ औँ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।

जसको उपाध्यक्षमा रुसबाबु जोशी, सचिवमा रामचन्द्र पाण्डे, कोषाध्यक्षमा सुनिता कोइराला र सहसचिवमा सावित्रा श्रेष्ठ चयन भएका छन् । यस्तै, सदस्यहरुमा वीरेन्द्र पुडासैनी, पार्वती अम्गाई, पार्वती राना मगर, बाबुराम श्रेष्ठ, वुद्धि खाती र तुला माया घिमिरे चयन भएका छन् ।


केन्द्रकी निवर्तमान कार्यसमितिकी अध्यक्ष गोमा दवाडीको अध्यक्षतामा सम्पन्न साधारण सभा एवं अधिवेशनमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य विनोद अधिकारी, पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दुवाडी, केन्द्रीय सचिव सिताराम तिवारी, शान्ति समाज गोरखाका पूर्व जिल्ला अध्यक्ष यदु अधिकारी, आजीवन सदस्य वीरेन्द्र पुडासैनी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्