| मङ्लबार, कार्तिक २४, २०८३

जगतमा तीन महिनापछि गाडी पुग्यो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ जगत जाने सडकमा तीन महिनापछि सवारी चलेको छ । केही महिनाअघि मात्रै सडक सञ्जालले छोएको चुमनुब्री गाउँपालिकामा बर्खा लागेपछि पहिरो गएर बाटो बन्द भएको थियो । असारदेखि सवारी साधन नचलेको जगत सडकमा मंगलबार दुई वटा जिप पुगेको स्थानीय विशाल घलेले बताए । ‘असार लागेदेखि नै ठाउँ ठाउँमा पहिरो गएर बाटो बन्द थियो,’ उनले भने, ‘आज बल्ल दुई वटा जिप आइपुग्यो ।’

वर्षा कम भएसँगै नेपाली सेनाले बाटो सफा गर्न थालेको उनले जानकारी दिए । उत्तरी गोरखा जाने बाटो नेपाली सेनाले निर्माण गर्दैछ । बाटो बन्द भएर सवारी आवतजावत रोकिए पछि धेरै समस्या हुने गरेको घलेले बताए । बाटो बन्द हुदाँ घाइते, बिमारी, सुत्केरी हुन नसकेका गर्भवती महिलाहरुलाई हेली चार्टर गर्नु पर्ने बाध्यता थियो । सो अवधिमा सदरमुकामसम्म आउन वा टाढाको यात्रा गर्नलाई पनि बाटो नभएर समस्या भएको उनले बताए ।

बाटो खुलेसँगै महङ्गो ढुवानी तिरेर ल्याउने खाद्यान्न अब सस्तोमा ल्याउन पाइने घलले बताए । ‘बाटो नभएपछि खाद्यान्न पनि महङ्गो ढुवानी भाडा तिरेर हेलीमा ल्याउनु पथ्र्यो,’ उनले भने, ‘खब त गाडी आउँछ, खाद्यान्न ढुवानी सस्तो पर्छ ।’ रेस्क्यु बाहेक अन्य बिमारीलाई एम्बुलेन्समा लान सकिने बताएको छ । पैदल यात्रा पनि सहज रुपमा गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्