| मङ्लबार, कार्तिक २४, २०८३

विरुवाटारको प्राचीन बगैँचाको रुखहरु काटियो

पालुङटार नगरपालिका वडा नं. ७ विरुवाटारमा रहेको आँपको बगैँचाको रुखहरु काटिएको छ । स्थानीय चारकुने टोल विकास संस्थाले त्यहाँको प्राचीन रुख काटेको जनाएको छ । आवश्यक सबै प्रक्रिया पूरा गरी रुख काटेको टोल विकास संस्थाका अध्यक्ष विकास परियारले जनाएका छन् ।

बगैँचामा भएको १८ वटा रुख मध्य ९ वटा काटिएको चारकुने टोल विकास संस्थाका अध्यक्ष विकास परियारले बताए । ‘बगैँचामा भएका १८ वटा आँपका रुखमध्य ९ वटा काटिएको छ, बाँकी ९ वटाको हाँगाहरु मात्र काँटेका छौं,’ उनले भने, ‘हामीले टोलको भेला बसेर सबैको सहमतिमा आवश्यक प्रक्रिया पु¥याएर रुख काटेका हौं ।’

बगैँचा नजिकै विद्यालय छ । विद्यार्थीहरु त्यहीँ बगैँचाको बाटो हुँदै यात्रा गर्ने गर्छन् । हावाहुरी आएको बेला रुखको हाँगा भाँचिएर विद्यार्थीहरुलाई लाग्न सक्ने जोखिमलाई मध्यनजर गरी रुख काटिएको उनले बताए ।

बगैँचा नजिक रहेको घरहरुमा पनि क्षति नपुगोस भनेर अनुमान गरेर रुख तथा रुखका हाँगाहरु काटिएको टोल विकास संस्थाका अध्यक्ष परियारले जानकारी दिए । टोल विकास संस्थाले वडा, टोल तथा वनसँग समन्वय गरेर बगैँचामा भएका रुखहरु काटिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्